कोलकाता: केन्द्रीय महिला अनि बाल कल्याण विकास मन्त्री स्मृति इरानीले सोमबार साँझ हावडाबाट भर्चुअल माध्यमबाट सियलदाह मेट्रो स्टेशनको उद्घाटन गरे। यस अवसरमा रेलवेका वरिष्ठ अधिकारीहरू उपस्थित थिए। उद्घाटन समारोहमा स्मृति इरानीले प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश र राज्यको विकासमा जोड दिए पनि राज्यको सत्तारुढ दल तृणमूल कांग्रेसले सम्पूर्ण समारोहलाई बहिष्कार गरेको थियो। भारतीय रेलवेले मुख्यमन्त्री ममता ब्यानर्जीको अपमान गरेको आरोप लगाउँदै तृणमूल कांग्रेसका सांसदहरूले सोमबार कोलकाताको सियालदह मेट्रो स्टेशनको उद्घाटन बहिष्कार गरे।