कोलकाताः पश्चिम बंगालको प्राथमिक शिक्षक नियुक्ति भ्रष्टाचारमा होश उड़ाउने खुलासाहरू भइरहेका छन्। अब थाहा लागे अनुसार, प्राथमिक शिक्षकहरूको नियुक्तिको निम्ति लिइएको इन्टरभ्यूको भीडियोग्राफीमा पनि धोखाधड़ी गरिएको थियो। यसलाई लिएऱ कलकत्ता हाईकोर्टका न्यायाधीश अभिजीत गांगुलीले जाँचको आदेश दिएका छन्।
कोर्टले सबैलाई २०१४ प्रारम्भिक टेटमा छह गलत प्रश्नहरूका लागि अतिरिक्त छह अंक दिने आदेश दिएको थियो। साथै जजले जुन अभ्यर्थी संख्यामा वृद्धिको परिणामस्वरूप पात्र हुनेछन्, उनीहरूलाई २०२२ को भर्ती प्रक्रियामा भाग लिने अनुमति दिइनेछ। तर अमन्ना परवीन नाम गरेकी अभ्यर्थीले टीईटी पास गरेपनि अंक बढ़ेको कारण बोर्डले उनलाई भर्ती प्रक्रियामा भाग लिने अनुमति नदिएको शिकायत गरेकी छन्।
यस मामिलाको सुनवाईमा बोर्डले कोर्टलाई भन्यो, इन्टरभ्यू र एप्टीट्यूड टेस्टको आधारमा अभ्यर्थीलाई भर्ती प्रक्रियाबाट बाहिर राखिएको छ। यसपछि जस्टिस गांगुलीले इन्टरभ्यू र एप्टीट्यूड टेस्टको भीडियोग्राफी फुटेज जाँच्नलाई भने तर त्यो पनि फर्जी निस्कियो। यसपछि कोर्टले भीडियो फुटेजको जाँचको आदेश दिएको छ। आगामी १५ सेप्टेम्बरमा फुटेज कोर्टमा पेश गरिनेछ।
-हिस