गुडविल कप: ५ स्टार झापा विजयी

02bb3ed5-1b0d-4b6a-8ec9-6f94163e0c26

कालचिनीः राजाभात स्पोर्टिङ क्लबद्वारा सञ्चालित गुडविल कप २०२३ को शनिबार सम्पन्न खेलमा ५ स्टार झापा नेपाल बनाम ग्लोबल क्लब असमबीच रोमाञ्चक खेल सम्पन्न भएको थियो। खेलमा ५ स्टार झापा नेपालको टोलीले १-० को अन्तरमा ग्लोबल क्लब असमलाई पराजित गर्न सफल भएको छ भने ५ स्टार झापा नेपालका स्कोरर आशीष गुरुङलाई म्यान अफ दी म्याच घोषणा गरिएको बताईएको छ। आगामी म्याच सन्तोष स्पोर्ट्स एसोसिएसन बाङ्गलादेश बनाम नर्थ बेङ्गल आर्म्ड ब्रिगेड डाबग्रामबीच १० सेप्टेम्बरको दिन सम्पन्न हुने जानकारी राजाभात स्पोर्टिङ क्लबको सचिव किरण लामाले दिएका छन्।

About Author

Advertisement