गारोपाड़ा ग्राम पञ्चायतमा प्रधान र उपप्रधानले सम्हाले पदभार

ca9838c0-8920-4bfe-ba97-ad35969d1186

कालचिनीः शनिबारदेखि कालचिनी खण्डको गारोपाड़ा ग्राम पञ्चायतमा नवनिर्वाचित प्रधान कमला महली र उपप्रधान मोहनचीक बडाईकले पदभार सम्हाले। शनिबार उक्त पदभार ग्रहण कार्यक्रममा पूर्व प्रधान बिन्दिया लामाले सम्पूर्ण कागजपत्र नवनिर्वाचित प्रधान कमला महलीलाई सुम्पिन्दै शुभकामना दिएकी थिईन्।


यस अवसरमा तृणमूल गारोपाड़ा अञ्चलका सभापति घुरन महली र चेयरम्यान बान्टु चौधरी अनि दलका भारप्राप्त सदस्यहरूको उपस्थितिमा नयाँ प्रधान औ उपप्रधानलाई सबैले स्वागत जनाएको थियो। प्रधान पद सम्हालेपछि कमला महलीले पूर्व प्रधान बिन्दिया लामाले जसरी धेरै राम्रो काम गरिन् त्यो भन्दा अझै राम्रो कार्य गर्ने प्रयास रहेको र सबैसित सौहार्दपूर्ण सम्बन्ध कायम गरेर क्षेत्रको विकास कार्य गर्ने प्रचेष्टा रहने जनाएकी छन्। अञ्चल सभापति घुरन महलीले सम्पूर्ण कालचिनी खण्डको ११ वटै ग्राम पञ्चायतहरूमा तृणमूलको बोर्ड गठन भएको र गारोपाड़ामा पनि बहुमतले तृणमूलले बोर्ड गठन गर्न सक्षम भएको र नवनिर्वाचित प्रधान र उपप्रधानले दललाई भरोसा जितेर काम गर्ने पूर्ण भरोसा रहेको जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement