सिनीको आयोजनामा सिभिक भोलेन्टियर्सहरूलाई लिएर एकदिवे कार्यशाला

6f4bf36a-e2c5-408e-b4eb-68328bd185af

कालचिनीः चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको आयोजनामा शनिबार अलिपुरद्वार एसपी कार्यालयको प्रेक्षागृहमा सिभिक भोलेन्टियर्सहरूलाई लिएर मानव तस्करी तथा बेचबिखन विरुद्ध लड्न एकदिने क्षमता निर्माण कार्यशाला सम्पन्न भयो।
उक्त कार्यशालामा अलिपुरद्वार डीएसपी क्राइम अनिर्वाण मजुमदार, डीएसपी एचक्यू समरेन दास, डीसीपीओ लालकमल चक्रवर्ती, सिनीबाट सोनुबहादुर छेत्री, एनबी स्टेफन, शम्भू कुजूर, विशिष्ट समाजसेवी भिक्टर बसु सिनीका प्रोग्राम को-ऑर्डिनेटर बिमान चौधरी, जिल्ला संयोजक योगेश लामा एवम् सिनी स्टाफ अनि एनिमेटरहरूको उपस्थिति रहेको थियो।
जिल्लाभरिबाट आएका सिभिक भोलेन्टियर्सहरूलाई मानव तस्करी विरुद्ध अनि किशोरकिशोरीहरूलाई असुरक्षित बसाई सराईबाट कसरी सचेत एवम् उद्धार गर्ने सोबारे प्रशिक्षण प्रदान पनि गरिएको थियो। एकदिने सो क्षमता निर्माण कार्यशालाले सिभिक भोलेन्टियर्सहरूलाई आफ्नो कर्तव्यपथमा अघि बढ्न मदत पुग्ने आशा रहेको सिनीका प्रोग्राम को-ऑर्डिनेटर बिमान चौधरीले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement