अठियाबारी चियाबारी लिएर सकारात्मक सम्झौता भएको ट्रेड यूनियन र ब्लक प्रशासनको भनाई

5a735a6c-e99d-4672-9d1b-c13b2c1a1c2c

कालचिनीः शुक्रबारदेखि कालचिनी खण्डको अठियाबारी चियाबारीका प्रबन्धकहरू अचानक कमान छोड़ेर गएको घटनाले कमानको श्रमिकहरूमा एकप्रकारको अन्यौलता तथा व्याकुलता छाएको थियो। शनिबार बिहानसम्म पनि कमानको प्रबन्धकहरू कमानमा फर्केर नआउँदा जम्मै श्रमिकहरू काममा नगएर फ्याक्ट्री अघि जमा भएर बसेको थियो। यसबीच कालचिनी बीडीओ प्रशान्त बर्मनको उपस्थितिमा कमानको जम्मै ट्रेड यूनियन नेताहरूबिच आपसी सहमति पश्चात कमानको मालिक तथा प्रबन्धनपक्षलाई लिखित रुपमा कमान सञ्चालन गर्ने यसमा सबैको सहयोगिता दिएको ट्रेड यूनियन नेताहरू बीडब्ल्यूयूका राजेश बारला र टीसीबीएसयूको पक्षबाट घुरन महली र बान्टु चौधरीले जनाएका छन्। सम्भवतः कमान आइतबारदेखि सुचारु रुपमा चल्ने बताईएको छ।
कमानको अन्यौलता हटाउन ब्लक प्रशासनबाट अठियाबारी चियाबारी आईपुगेका कालचिनी बीडीओ प्रशान्त बर्मनले कमानको ट्रेड यूनियन प्रतिनिधिहरूसित लगभग १ घन्टा बैठक गरेपछि बैठक सकारात्मक रहेको र कमान प्रबन्धनपक्ष चाँढ़ै कमानमा फर्केर कमान सुचारु सञ्चालन गर्ने बताएको छ। बैठकमा सहभागी बीबीडब्ल्यूयू नेता राजेश बारला र तोफिल सोरेङले बैठकमा सबै यूनियन प्रतिनिधिहरूको सकारात्मक सहभागिता रहेको र कमान प्रबन्धनपक्षलाई सबै प्रकारको सहयोगिता गर्ने भएकोले कमान पुनः सञ्चालन हुने जनाएका छन्। यता टीसीबीएसयू तथा तृणमूल गारोपाड़ा अञ्चलका सभापति औ चेयरम्यान घुरन महली र बान्टु चौधरीले पनि सानो भूल बुझाबुझले गर्दा कमान प्रबन्धनपक्षले कमान छोड़ेर गएको तर प्रशासनिक अनि यूनियनबाट सबै सहयोगिता रहने भएपछि प्रबन्धकहरू कमानमा फर्कने र कमान सञ्चालन हुने जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement