उत्तर दिनाजपुर: उत्तर दिनाजपुर जिल्लाको चोपडा दलुआ प्राथमिक स्वास्थ्य केन्द्रको अवस्था अत्यन्तै नाजुक छ। स्वास्थ्य केन्द्र अगाडि घुँडासम्म पानी जमेको छ। जसका कारण बिरामी उपचारका लागि भित्र पस्न पाएका छैनन् । प्रशासनको उदासीनताका कारण प्राथमिक स्वास्थ्य केन्द्रको गेटमा घुँडासम्म पानी जम्मा भएको, स्वास्थ्य व्यवस्था कमजोर हुँदा प्राथमिक स्वास्थ्य केन्द्रमा आउने बिरामीलाई समस्या भएको बताइएको छ।

पानी जमेको देखेर विरामी उपचारविना नै फर्किने गरेका छन् । यो तस्वीर उत्तर दिनाजपुर जिल्लाको चोपडा दलुआ प्राथमिक स्वास्थ्य केन्द्रको हो। यद्यपी स्वास्थ्य केन्द्रको आधिकारिक श्रोतका अनुसार उनीहरूले यस विषयमा माथिल्लो निकायलाई जानकारी गराएको र छिट्टै समस्या समाधानका लागि पहल भइरहेको बताए ।