भाषा संग्रामी एंव सिक्किमका पूर्व सासंद दिलकुमारी भण्डारीलाई खरसाङमा अभिनन्दन

IMG-20230909-WA0360.jpg

खरसाङ: भाषा संग्रामी एंव सिक्किमका पूर्व सासंद दिलकुमारी भण्डारीलाई खरसाङमा अभिनन्दन जनाइएको छ। खरसाङमा अर्चना प्रकाशन गान्तोक र गोर्खा जनपुस्तकालय खरसाङको आयोजनामा सम्पन्न बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थ लोकार्पण समारोहमा प्रमुख अतिथिको रूपमा उपस्थित भाषा संग्रामी एंव पूर्व सासंद दिलकुमारी भण्डारीलाइ गोर्खा जनपुस्तकालय खरसाङको पक्षमा अभिनन्दन जनाइएको छ। यस अवसरमा उनलाई पुस्तकालयको पूर्व सभापति एंव समाजसेवी तिलक शर्माको बाहुलीबाट खदार्पण र शल ओढाइयो भने संगीतका गुरु गोबिनसिहं घतानीको बाहुलीबाट स्मृति चिन्ह्र प्रदान गरियो।

त्यसरी नै तिलक शर्मा र पुस्ताकालयको वर्तमान सभापति पूर्ण गुरुङ निरुपमको बाहुलीबाट अभिनन्दन पत्र प्रदान गरेर अभिनन्दन जनाइएको छ। यस अवसरमा उनको जीवनी कवियत्री रचना अनाकरद्वारा प्रस्तुत गरियो भने अभिनन्दन पत्र कवि एंव पत्रकार बालकृष्ण थामीले पठन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *