भाषा संग्रामी एंव जातीय गौरव बुध्दिमान प्रधान ‘बमप’ लाई खरसाङमा सम्बर्ध्दना

IMG-20230909-WA0356.jpg

खरसाङ: भाषा संग्रामी, साहित्य र समाजका अथक सेवक तथा जातीय गौरव बुध्दिमान प्रधान बमपलाई अाज एक कार्यक्रमबीच सम्मान गरिएको छ। ९ सेप्टेम्बर १९३४ सालमा खरसाङको सिंगेल चियाबारीमा जन्मेका भाषा संग्रामी बुध्दिमान प्रधान बमपलाइ उनको बहुमूल्य योगदानको मूल्यांकन गर्दै उनको अभिनन्दन ग्रन्थ लोकार्पणको अवसरमा नै अभिनन्दन पनि जनाइएको छ। यस भारतीय गोर्खाहरूका सबैभन्दा पुरानो संस्था गोर्खा जनपुस्तकालय, अर्चना प्रकाशन गान्तोक सिक्किम लगायत सिक्किम केन्द्रीय विश्वविद्यालय, सिक्किम सुनवार मुखिया क्रोइचबु, आसामबाट आएका साहित्यकारहरू साथै विभिन्न स्थानहरूबाट उपस्थितहरूले सम्मान जनाएका थिए।

यस अवसरमा उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर स्मृति चिन्ह र अभिनन्दन ग्रन्थ प्रदान गरेर सम्मानित गरिएको छ। त्यसरी अन्य संघ संस्थाहरूले पनि उनलाई सम्मान जनाएका छन्। कार्यक्रममा बुध्दिमान प्रधान बमपको जीवनी खरसाङका साहित्यकार ऋषि राईले प्रस्तुत गरेका थिए भने उनको अभिनन्दन पत्र पी लक्की शेर्पाले पठन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *