खरसाङमा भाषा संग्रामी बुध्दिमान प्रधान ‘बमप’ अभिनन्दन ग्रन्थ लोकार्पित

IMG-20230909-WA0355.jpg

खरसाङ: भाषा संग्रामी, साहित्य साधक, समाज सेवक तथा जातीय गौरव बुध्दीमान प्रधान बमपको बहुमूल्य योगदानलाई मूल्यांकन गर्दै आज बुध्दिमान प्रधान ‘बमप’ अभिनन्दन ग्रन्थ प्रकाशित गरिएको छ। उक्त अभिनन्दन ग्रन्थको लोकार्पण खरसाङको नयाँ बजारस्थित सार्वजनिक भवनमा सम्पन्न एक कार्यक्रमबीच सम्पन्न भएको छ। उक्त कार्यक्रमको अध्यक्षता गोर्खा जनपुस्तकालय खरसाङको सभापति पूर्ण गुरुङ निरुपमको अध्यक्षता र भाषा संग्रामी एंव सिक्किमका पुर्व सासंद दिलकुमारी भण्डारीको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। रचना अनाकरले सञ्चालन गरेको उक्त कार्यक्रममा स्वागत सम्भाषण पुस्तकालयको मूल सचिव विनोद रसाईलीले राखेका थिए। समारोहको शुरुमा सभाध्यक्ष एंव प्रमुख अतिथिको बाहुलीबाट धुप दीप प्रज्वलन गरिएको थालिएको थियो भने हिजो दिवंगत भएका नेपाली साहित्यको धरोहर साहित्यकार नरबहादुर दाहालको निधनमा मौन धारण गरिएको थियो। यसै कार्यक्रममा बुध्दिमान प्रधान ‘बमप’ अभिनन्दन ग्रन्थ लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थ सभाध्यक्ष पूर्ण गुरुङ निरुपम, प्रमुख अतिथि दिलकुमारी भण्डारी, सिक्किम अकादमीको अध्यक्ष एसआर सुब्बा, अभिनन्दन ग्रन्थको सम्पादक अर्जुन पियुष, अनिता निरौला, वरिष्ठ साहित्यकारहरू क्रमैले प्रेम प्रधान, डा गोकुल सिन्हा, सीके राई, समाजसेवी तिलक शर्मा आदिको बाहुलीबाट लोकार्पण गरिएको छ। उक्त अभिनन्दन ग्रन्थमाथि सिक्किम विश्वविद्यालयका प्राध्यापक डा कृष्णकुमार सापकोटाले समीक्षात्मक टिप्पणी राखेका थिए। कार्यक्रममा बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थको सम्पादक अर्जुन पियुषले वक्तव्य राखेका थिए। कार्यक्रममा बुध्दिमान प्रधान बमपलाई सम्मानित पनि गरिएको थियो। उनलाई खदार्पणसहित नेपाली टोपी पहिराएर स्मृति चिन्ह्रद्वारा सम्मानित गरिएको थियो। यसै कार्यक्रममा बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थमा रचनाहरू दिएर सहयोग गर्ने सबै साहित्यकारहरूलाई सम्मानित गरिएको छ। अवसरमा सबैलाई खदार्पणसहित शल ओढ़ाएर स्मृति चिन्ह्रसहित अभिनन्दन ग्रन्थ प्रदान गरिएको थियो। यस कार्यक्रममा सिक्किम विश्वविद्यालयका शोधार्थी आशिका सुनवारले सुनुवार मुखिया जातिको इतिहास लेखिनिमा बुध्दिमान प्रधान बमपको योगदान विषयमा विस्तृत रूपमा रूपमा आफ्नो वक्तव्यमा बताएकी थिइन्। यस कार्यक्रममा सिक्किम, दार्जिलिङ, सिलगडी, कालेबुङ, मिरिक, आसाम, डुवर्स, सिलगढी अादि क्षेत्रबाट साहित्य, समाज क्षेत्रका मानिसहरू उपस्थित थिए। यस बुध्दिमान प्रधान बमप अभिनन्दन ग्रन्थ लोकार्पण समारोह विषयमा गोर्खा जनपुस्तकालयको सचिव विनोद रसाईलीले पत्रकारहरूसित कुराकानी गर्दैविस्तृत रूपमा जानकारी गराएका छन्।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *