जी-२० ‏शिखर सम्मेलनमा इण्डियाको सट्टा भारत लेखियो

modibharat_619

नयाँ दिल्लीः भारत र इण्डियामाझ विवाद शुरू भएपछि मोदी सरकारले भारत शब्दको प्रयोग गर्न शुरू गरेको छ। जी-२० सम्मेलन अवधि पनि भारत शब्दलाई प्राथमिकताको साथमा लेखिँदैछ।

शनिवार प्रधानमन्त्री मोदीले जी-२० नेताहरूलाई सम्बोधन गर्ने क्रममा उनी सामु भारत लेखियो। जबकि बालीमा सम्पन्न जी-२० सम्मेलन अवधि प्रधानमन्त्रीले सम्बोधन गरेको बेला त्यहाँ उनी सामु राखिएको नेम प्लेटमा इण्डिया लेखिएको थियो।

जानकारहरूको मान्यतामा मोदी सरकारले अब आधिकारिक रूपमा इण्डियाको सट्टा भारत प्रयोग गर्नेछ। यद्यपि विपक्षको आरोप छ, मोदी सरकारले संविधान संशोधन गरी इण्डियालाई हटाएर भारतलाई आधिकारिक नामको रूपमा लेख्नेछ। जबकि सरकारको पक्षबाट यस सम्बन्धमा अहिलेसम्म कुनै पुष्टि गरिएको छैन।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement