अक्षय कुमारले आफ्नो जन्मदिनमा भगवान महाकालको दर्शन गरे, अक्षयसित क्रिकेटर शिखर धवन पनि थिए

00-1-Rashtriya-Samachar-5

उज्जैनः प्रख्यात फिल्म अभिनेता अक्षय कुमारले शनिवार आफ्नो जन्मदिनको अवसरमा उज्जैन पुगेर ज्योतिर्लिङ्ग भगवान महाकालको दर्शन गरी पूजा-अर्चना गरे। यहाँ उनले आफ्नो परिवारसित बाबा महाकालको भस्म आरतीमा पनि भाग लिए। अक्षयसित क्रिकेटर शिखर धवन पनि बाबा महाकालको भस्म आरतीमा सामेल भए। अर्कोतिर ब्याडमिन्टन खेलाड़ी साइना नेहवालले पनि आज उज्जैन पुगेर भगवान महाकालको दर्शन गरी पूजा-अर्चना गरिन्।

अक्षय कुमारले शनिवार ५६औं जन्म दिन मनाइरहेका छन्। शनिवार भोर बिहान लगभग अढ़ाई बजे महाकालेश्वर मन्दिर पुगेका अक्षयले पारम्परिक वेशभूषा धोती-कुर्तामा नन्दी जस्तै भएर भस्म आरतीमा सामेल भए। उनीसित उनका छोरा आरव, भाञ्जी सिमर र बहिनी अल्का उपस्थित थिए। क्रिकेटर शिखर धवन पनि उनकै साथमा थिए। आरती अवधि अक्षयलाई भक्ति रसमा रमाएको देखियो। उनले आफ्नो आगामी चलचित्र “मिशन रानीगंज”- को सफलताको लागि प्रार्थना पनि गरे। पण्डित आशीष शर्माले बताए, अक्षयलाई महाकाल मन्दिरको बारेमा विस्तृत जानकारी गराइयो।

अक्षय कुमारले महाकाल दर्शन पश्चात मीडियासितको बातचितमा बताए, उनले देशको प्रगतिको निम्ति कामना गरेका छन्। क्रिकेटर शिखर धवनसित विश्वकपको सम्बन्धनमा प्रश्न गर्दा अक्षयले विनोद गर्दै भने, यो त सानो चिज हो। हामी सहजै जित्नेछौं। बाबा महाकालसित त प्रगति मागिन्छ।

स्मरण गराइन्छ, अक्षय कुमारको हालैमा प्रदर्शित चलचित्र ओ माय गाड-२ को शुटिङ्ग उज्जैनको महाकाल मन्दिरमै भएको थियो। चलचित्रको शुटिङ्ग अवधि अक्षय केही दिनसम्म उज्जैनमा बसेका थिए। त्यसावधि पनि उनले बाबा महाकालको पूजा गरेका थिए।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement