नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार औपचारिक रूपले अफ्रिकी संघलाई २० देशहरूको समूह जी-२० को स्थायी सदस्यको रूपमा सामेल गरिएको घोषणा गरे। प्रधानमन्त्री मोदी र विदेशमन्त्री एस जयशंकरले दिल्लीमा आयोजित जी-२० शिखर सम्मेलनमा आधिकारिक रूपमा सामेल भएकोमा अफ्रिकी संघका अध्यक्ष तथा कोमोरोसका राष्ट्रपति अजाली असौमानीलाई स्वागत जनाए।
भारत मण्डपममा जी-२० शिखर सम्मेलनको उद्घाटन भाषणमा प्रधानमन्त्रीले भने, भारतले सबैको साथको भावनाले नै अफ्रिकी संघलाई जी-२० को स्थायी सदस्यता प्रदान गर्ने प्रस्ताव राखेको थियो। मलाई विश्वास छ यस प्रस्तावमाथि सबैको सहमति हुनेछ। तपाईहरू सबैको सहमतिमा म अफ्रिकी संघका अध्यक्षलाई जी-२०को स्थायी सदस्यको रूपमा आफ्नो स्थान ग्रहण गर्नका लागि आमन्त्रित गर्दछु। उल्लेख्य, अफ्रिकी संघमा सामेल भएपछि अब जी-२० सभाको नाम जी-२१ हुने आशा छ।