जी-२०: हामी मानव केन्द्रित दृष्टिकोण लिएर अघि बढ़्नुपर्छ: प्रधानमन्त्री

modi12_253

नयाँ दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले शनिवार भारत मण्डपममा जी-२० शिखर सम्मेलन अन्तर्गत ”वान अर्थ”-माथि सम्पन्न प्रथम सत्रमा भने, हामी मानव केन्द्रित दृष्टिकोण लिएर अघि बढ़्नुपर्छ। उनले वैश्विक विकासको अभावलाई कम गर्ने तथा विश्वासको वातावरणलाई अघि बढ़ाउने आह्वान गरे।

प्रधानमन्त्रीले भारत मण्डपममा जी-२०शिखर सम्मेलनको उद्घाटन भाषणमा तमाम राष्ट्राध्यक्षहरूलाई स्वागत जनाए। त्यसपछि दुई दिवसीय सम्मेलन आरम्भ भयो। मोदीले जी-२० बैठकलाई सम्बोधन गर्ने क्रममा देशको नाम ‘भारत’ बताउँदै भने, ‘जी-२० का अध्यक्षको रूपमा भारतले तपाईहरू सबैलाई हार्दिक स्वागत गर्दछ।’ अफ्रिकी देशमा भर्खरै आएको भूकम्पमाथि दुःख व्यक्त गर्दै उनले भने, सम्मेलनको औपचारिक कारबाही शुरू गर्नअघि म मोरक्कोमा आएको भूकम्पको कारणले प्रभावित मानिसहरूप्रति आफ्नो सहानुभूति व्यक्त गर्दछु। घाइतेहरूको यथाशीघ्र स्वास्थ्य लाभको निम्ति हामी प्रार्थना गर्दछौं। सम्पूर्ण वैश्विक समुदाय मोरक्कोको साथमा छ।

जी-२० शिखर सम्मेलन शुरू भएकोमा प्रधानमन्त्री मोदीले भने, कोभिड पश्चात दुनियाँ विश्वासको अभावसित जुझिरहेको छ र युद्धले यसलाई झन् गहिरो बनाइदिएको छ। यदि हामीले कोभिडलाई परास्त गर्न सक्यौं भने युद्धको कारणले उत्पन्न विश्वासको कमीमाथि पनि विजय हासिल गर्नसक्छौं। अब हामी सबै वैश्विक भलाईको निम्ति एकसाथ अग्रसर हुने समय आइसकेको छ। उनले भने, २१औं शताब्दिको यो समय सम्पूर्ण विश्वलाई नयाँ दिशा दिने एउटा महत्वपूर्ण समय हो। यो त्यो समय हो जहाँ वर्षौं पुराना चुनौतीहरूले हामीसित नयाँ समाधानको माग गरिरहेका छन्। यसैले हामीले मानव केन्द्रित दृष्टिकोण बोकेर आफ्नो हरेक दायित्वलाई निर्वाह गर्दै अघि बढ़्नुपर्छ।

प्रधानमन्त्रीले भने, ”सबैको साथ, सबैको विकास, सबैको विश्वास, सबैको प्रयास”- को विचार दुनियाँको लागि मार्गदर्शक हुनसक्छ। उनले भने, “भारतको जी-२० अध्यक्षता देशभित्र अनि बाहिर ”सैबको साथ”- को प्रतीक बन्न पुगेको छ। यो भारतका मानिसहरूको जी-२० भएको छ जसान्तर्गत देशभरि नै दुई सयभन्दा अधिक बैठकहरूको आयोजन गरियो।”

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement