लगातार वर्षाले कोलकाताको ढल निकास व्यवस्था ठप, मेयरले मागे रिपोर्ट

00-1-Rajya-Samachar-5

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाता लगायत शिल्पांचल क्षेत्रमा गत हप्तादेखि लगातार भइरहेको वर्षाका कारण ढल निकास व्यवस्था पूर्ण रूपमा ठप बनेको छ। हरेक साल कोलकाताको ढल निकास व्यवस्था दुरुस्त गरिने दाबी गर्ने कोलकाताका मेयर फिरहाद हकीमले एकपल्ट फेरि रिपोर्ट मागेका छन्। उनले सबै वार्डका पार्षदहरूलाई यस विषयमा लिखितमा कहॉं-कहॉं जल जमाउको स्थिति छ बताउन आदेश दिएका छन्।

सूत्रहरू अनुसार, मेल रूपमा कोलकातामा चलिरहेको मेट्रोको कार्यका कारण नै जल जमाउको स्थिति उत्पन्न भइरहेको छ। मेट्रोको निम्ति खनन् कार्य जारी छ भने यसलाई पुर्ने काम भने भएको छैन, जस कारण पानी जम्ने गर्दछ। तर वास्तविकता यसको ठीक विपरित छ। कोलकातामा कुन पनि क्षेत्रमा योजनाबद्ध तरिकाले सडक अथवा जल निकासको व्यवस्था गरिएको छैन। यस कारण हरेक साल बड़ा बाजार, सेण्ट्रल एवेन्यू, गरिया, बेहला, जोका, ठाकुरपुकुर समेत उत्तरदेखि लिएर दक्षिण कोलकाताका विस्तृत क्षेत्रमा वर्षाको समय जलमग्न बन्ने गर्दछ।

नगर निगमका अधिकारीले भने, शनिवार मेयरले परिषदका सदस्यहरूसॅंग बैठक गर्नेछन्। यस अतिरिक्त, सबै पार्षदहरूलाई लिखितमा रिपोर्ट पठाउन लगाइएको छ, जुन सोमवारसम्म प्राप्त हुनेछ। यसपछि नगर निगमले योजना बनाएर जल निकासको व्यवस्था कसरी दुरुस्त गर्न सकिन्छ भन्ने विषयमाथि काम गर्नेछ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement