म्यानचेष्टर युनाइटेड छोड़ेर फेरि युभेण्टसमा सामेल भए पल पोग्बा

IMG-20220711-WA0181.jpg

११ जुलाईः फ्रान्सका स्टार फूटबलर पल पोग्बाले फेरि क्लब परिवर्तन गरेका छन्। गत सीजनमा म्यानचेष्टर युनाइटेडको जर्सी लगाएर खेल्ने पोग्बाले आउँदो सीजनमा इटलीको क्लब युभेण्टसको जर्सीमा देखिनेछ। पोग्बालाई फेरि क्लबमा सामेल गर्नु युभेण्टसको निम्ति फाइदाको सौदा रह्यो। ६ साल अघि पोग्बालाई त्यस समयको विश्व रेकर्ड १० करोड़ ५० लाख यूरो (११ करोड़ ६० लाख डलर) फीसमा म्यानचेष्टर युनाइटेडलाई दिएपछि युभेण्टसले यस दिग्गज मीडफिल्डरलाई फ्री ट्रान्सफर-मा आफ्नो टीममा सामेल गऱ्यो। पोग्बा सबैभन्दा पहिला २०१२-मा युभेण्टसमा सामेल भएका थिए। त्यस समय यस किशोर खेलाड़ीको निम्ति क्लबले युनाइटेडलाई केवल 8 लाख पाउण्ड (लगभग १० लाख डलर)-को भुक्तान गरेको थियो। अहिले २९ वर्षीय पोग्बाले युभेण्टससँग फेरि चार सालको अनुबन्ध गरेका छन्। यसको निम्ति उनले कथित रूपमा अधिक वेतनको पेरिस सेण्ट जर्मेन (पीएसजी)-को प्रस्तावलाई पनि अस्वीकार गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement