मोरक्कोमा आएको भुॅंइचालोमा प्रधानमन्त्री मोदीले दुःख प्रकट

modis_789

नयॉं दिल्लीः प्रधानमन्त्री नरेन्द्र मोदीले मोरक्कोमा आएको भुॅंइचालोका कारण भएको ज्यानमालको क्षतिमा दुःख प्रकट गरेका छन्। प्रधानमन्त्री मोदीले शनिवार ट्वीट गरेर भने, भारत यो दुःखको समयमा मोरक्कोको साथमा छ। प्रधानमन्त्रीले यस आपदामा आफ्ना प्रियजनहरू गुमाउनहरूप्रति समवेदना प्रकट गरेका छन्। साथै, उनले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेका छन्। उनले यो कठिन समयमा मोरक्कोलाई भारतले हर सम्भव सहायता प्रदान गर्नेछ भनी बताएका छन्।

उल्लेखनीय छ, मोरक्कोमा आएको विनाशकारी भुॅंइचालोमा २९६ जनाको मृत्यु भएको छ भने सयौंको संख्यामा मानिसहरू घाइते भएका छन्। भुॅंइचालोको चपेटमा परेर धेरै भवनहरू ध्वस्त भएका छन्। भुॅंइचालोको तीव्रता ६.८ मापिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement