नयॉं दिल्लीः राष्ट्रपति द्रोपदी मुर्मूले शनिवार जी-२० शिखर सम्मेलनमा भाग लिन नयॉं दिल्ली आएका सबै गणमान्य अतिथिहरूको स्वागत गरेकी छन्। राष्ट्रपतिले एक्स पोस्टमा भनेकी छन्, ‘नयॉं दिल्लीमा १८औं जी२० शिखर सम्मेलनमा भाग लिने जी२० देशका सबै प्रतिनिधिमण्डलका प्रमुखहरू, अतिथि देशहरू र अन्तरराष्ट्रिय संगठनहरूलाई हार्दिक स्वागत छ।’
उनले भनेकी छन्, ‘वसुधैव कुटुम्बकम- एक पृथ्वी, एक परिवार, एक भविष्य’ टिकाउ, समावेशी र मानवकेन्द्रित विकासको निम्ति वैश्विक रोडम्याप हो। म जी२० शिखर सम्मेलनका प्रतिनिधिहरूलाई उक्त दृष्टिकोण साकार बनाउने दिशामा उनीहरूका प्रयासहरूमा सफलताको कामना गर्दछु।’
-हिस