पूर्व मुख्यमन्त्री तथा तेलुगूदेशम पार्टीका नेता चन्द्रबाबू नायडू पक्राउ

naidu_36

नयॉं दिल्लीः आन्ध्र प्रदेशको अपराध शाखा (सीआईडी) ले पूर्व मुख्यमन्त्री तथा तेलुगूदेशम पार्टीका नेता चन्द्रबाबू नायडूलाई षड़यन्त्र रचेको र आर्थिक अपराधको आरोपमा शनिवार बिहान पक्राउ गरेको छ। उनको पक्राउ नन्दयालको गंगापुरम्स्थित आरके फंक्शन हलबाट गरियो, जहॉं उनी राति विश्राम गरिरहेका थिए।

पहिले उनलाई उनको निवासबाट पक्राउ गरिएको कुरा अघि आइरहेको थियो। आर्थिक अपराध शाखाद्वारा जारी नोटिसमा चन्द्रबाबू नायडूलाई आईपीसीको धारा १२०बी, ४२० का साथै भ्रष्टाचार निरोधक अधिनियमसहित अन्य धाराहरूमा पक्राउ गरिएको बताएको छ। उक्त धाराहरू गैनजमानती हुन्। यस कारण उनले न्यायालयबाट नै जमानत लिनु पर्नेछ। पक्राउपछि चन्द्रबाबू नायडूलाई मेडिकलको निम्ति लगियो। नायडूका वकील अनुसार, चन्द्रबाबू उच्च रक्तचाप र शुगरका रोगी हुन्। उच्च न्यायालय खोलिनसाथ उनको जमानतको निम्ति आवेदन गरिने छ।

नायडूको पक्राउलाई लिएर उनका केही समर्थकहरूले निकै रोष प्रकट गरे। उनको पक्राउका साथै तेलुगूदेशम पार्टीका केही नोताहरूलाई पनि हाउस अरेस्टमा राखिएको छ। चन्द्रबाबूको पक्राउको समाचार फैलिनसाथ हिन्दूपुरासहित केही स्थानहरूमा पार्टी कार्यकर्ताहरू सडकमा ओर्लिएर धरना प्रदर्शन शुरू गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement