९ सेप्टेम्बरः यूएस ओपन टेनिस टुर्नामेण्टको पुरुष युगलमा भारतका रोहन बोपन्ना र अष्ट्रेलियाका म्याथ्यू एबडेनको जोड़ी उपविजेता रह्यो। पुरुष युगलको फाइनलमा बोपन्ना र एबडेनको जोड़ीलाई राजीव राम र जो सेलिसबेरीको जोड़ीले २-६, ६-३, ६-४-ले पराजित गऱ्यो। पुरुष युगलको फाइनलमा दुवै जोड़ीसँग इतिहास रच्ने मौका थियो। ग्राण्ड स्ल्यामको फाइनलमा पुग्ने सबैभन्दा अधिक उमेरका खेलाड़ी बोपन्ना सबैभन्दा अधिक उमेरका विजेता बन्ने आशा गरिरहेका थिए जबकि राजीव र सेलिसबेरीसँग यूएस ओपनमा खिताबको ह्याट्रिक गर्ने मौका थियो। अन्तमा २०२१ र २०२२-को विजेता जोड़ीले पहिलो सेट गुमाएपछि असाधारण पुनरागमन गर्दै म्याच जित्यो। बोपन्ना यसअघि २०१०-मा पनि यूएस ओपनको फाइनलमा पराजित भएका थिए।