मङपूमा टिस्यु कल्चरको उद्घाटन

00-1-A-IMG-20230908-WA0273

मङपू: मङपू सिन्कोना बगानको परिभ्रमण गर्दै दार्जीलिङ पहाडमा बीचबीचमा भइरह्ने गडबडी  र अशान्तको कारण यहाँको विवसमा बाधा पुग्ने बताउँदै शान्ति   राख्न राज्य हर्टिकल्चर विभागका मन्त्री एम.डी गुलाम रबानीले आहवान गरेl आज उनले मङपू सिन्कोना बगानमा  निर्माण भएको टिस्यु कल्चरको उद्घाटन गरे। भागोप्रमो सिन्कोना बगान ट्रेड युनियन अनि सिन्कोना विभाग सभासद रतन थापाले पनि राज्यका हर्टीकल्चर विभागका मन्त्रीसित मङपूमा भेट् गर्दै  सिन्कोना बगान श्रमिक वर्गको बेसिक पे बडोत्तरी हुनुपर्ने अनि बगान श्रमिकको ग्रुप डी.को पद्दोनत्ती झट्ट हुनुपर्ने माग राखेका छन्। सभासद रतन थापाले मन्त्रीलाई  नेपाली टोपी अनि स्मृति चिन्हद्वारा सम्मान जनाए। मङपूमा निर्देशक बङ्लोमा  सिन्कोनाको विविध बिषयलाई लिएर मन्त्रीको साथमा जीटीएका मुख्य कार्यपाल अनित थापा, एडिसनल चीफ सेक्रेटरी सुब्रतो गुप्ता, जोइन्ट सेक्रेटेरी कस्तुरी सेन गुप्ता, ई.डी सोनाम भुटिया  माझ बैठक भयो।

बैठक पछि पत्रकारहरुसित कुराकानी गर्दै  अनित थापाले पहाडमा मसरुम सुन्तला अनि सिन्कोनाको टिस्यु ल्याबको निम्ति सरकारसित माग गरेको हुनाले भने आज मन्त्रीको बाहुलीबाट मङपूमा टिस्युकल्चर ल्याबको उद्घाटन भएको बताए। उनले भने, ‘आज मन्त्रीलाई मैले  सिन्कोना बगान क्षेत्रमा हर्टिकल्चर टुरिजम  राम्रो हुने भएको  कारण यस बिषयमा पनि कुराकानी गरेको छुl’ आज युनियनको ज्ञापनपत्र हेरिसकेपछि हर्टिकल्चर मन्त्रीले  मङपूबाट नै सिन्कोना बगान श्रमिकवर्गको समस्य बिषयमा विभिन्न मन्त्री  अनि अधिकारीगणसित  फोन मार्फत बातचित गरे भने सिन्कोना बगान श्रमिकवर्गको समस्य बिषयलाई लिएर चाडैं नै राज्यका मुख्यमन्त्री  सित  भेट् गरेर बातचित गर्ने कुरा जनाए। आज मन्त्री,सचिव अनि बगान निर्देशक  साथै सिन्कोना बगानका अधिकारीवर्गले यहाँको ट्रपिकल नर्सरी; हावाघर डाँडा नर्सरी; टिस्यु कल्चर ल्याब; अर्किड हाउस अनि रोरोरेन्डम पार्कको पनि परिभ्रमण गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement