गान्तोक: सिक्किम पुलिसले ड्रग्समुक्त राज्य बनाउने उद्देश्यले दिन रात एक गर्दै काम गरिरहेको छ। पुलिसले प्रतिदिन जसो ड्रग्सको धन्दा गर्नेहरूविरूद्ध कडा कार्वाही गर्दै आइरहेको छ। यसै क्रममा आज रिनाक पुलिसले ड्रग्स सहित दुई जनालाई पक्राउ गरेको जानकारी गराएको छ। पक्रा पर्नेहरूमा ज्ञान बहादुर सार्की र राजेन बस्नेतकोरूपमा पुलिसले चिन्हित गरेको छ। आरोपीद्वयबाट पुलिसले २७३ वटा विन्डलास्मो फोर्ट क्याप्सुल फेला पारेको छ। पुलिसले जानकारी गराए अनुसार आरोपीद्वयलाई पुलिसले लोवर तार्पिनबाट पक्राउ गरेको हो। उनहरू डब्ल्यूबी-ए-७३-६६८१ वाहनमा थिए। पुलिसले वाहन रोकेर जाँच गर्ने क्रममा आरोपीबाट ड्रग्स फेलापारेपछि पक्राउ गरिएको हो। आरोपीद्वयविरूद्ध पुलिसले रिनाक थानामा सिक्किम एन्टी ड्रग्स एक्ट २००६ अन्तर्गत मुद्दा दर्ता गर्दै केरकार गरिरहेको छ।