शाहरुखको फिल्म ‘जवान’ले १०० करोड पार गर्यो

00-1-Jawan-2

मुम्बई: बलिउड स्टार शाहरुख खानको फिल्म जवान बिहीबारबाट ठूलो पर्दामा रिलिज भएको छ। पहिलो दिन धेरै थिएटरमा हाउसफुल बोर्ड टाँगिएको थियो। व्यापारको हिसाबले फिल्मले सय करोडको आँकडा पार गर्ने अनुमान गरिएको छ। ‘जवान’ ले धेरै देशका जनताको मन जितेको छ। विभिन्न भूमिकामा अभिनय गर्ने शाहरुखको यो फिल्मको विश्वव्यापी कलेक्सनले हालसम्म १०० करोडको आँकडा पार गरिसकेको छ। समाचार अनुसार पहिलो दिन ७ सेप्टेम्बरमा फिल्मले भारतमा मात्र ७४.५ करोडको व्यापार गरेको थियो। दोस्रो दिन फिल्मले ५० करोडको व्यापार गर्नसक्छ।

‘जवान’मा शाहरुख खान ५ फरक क्यारेक्टरमा देखिएका छन्। कतै उनी युवाको भूमिकामा देखिएका छन् भने कतै छोराको भूमिकामा। फिल्म समीक्षकले पनि ‘जवान’लाई राम्रो प्रतिक्रिया दिएका छन् भने दर्शकले पहिलो दिन ‘जवान’लाई निकै स्वागत गरेका छन्। यस फिल्ममा शाहरुखले घातक एक्शन सिन गरेका छन्। जवान भन्दा पहिले यो वर्ष रिलिज भएको शाहरुखको फिल्म ‘पठान’ ले पहिलो दिन ५७ करोडको व्यापार गरेको थियो भने दोस्रो दिन फिल्मले ७०.५ करोडको कलेक्सन गरेको थियो। यो फिल्ममा किंग खानले एक्सन सिन गरेका थिए।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *