कालचिनी। चाइल्ड इन नीड इन्स्टीट्यूट सिनिको पहलमा आज कालचिनी खण्डको मधु चियाबारीमा शिशु साथै किशोर किशोरी औ बच्चाको आमाहरूलाई लिएर स्वास्थ्य एवम् कुपोषण जनित रोगबाट बाँच्न सचेतना कार्यक्रम सम्पन्न गरिएको जानकारी सिनी प्रोजेक्ट कोर्डिनेटर योगेश लामाले दिएका छन्। आज उक्त अवसरमा नै प्रायः १०० जना नानीहररू औ आमाहरूलाई पौष्टिक मध्यान्ह भोजन पनि सिनीको पक्षबाट प्रदान गरिएको थियो।
कार्यक्रममा स्थानीय आईसीडीएस वर्कर एवम् पीआरआई सदस्य औ सिनीको कालचिनी ब्लक कोर्डिनेटर प्रिया हल्दार, सिनि स्टाफ मीरा तामाङ, भावना तामाङ आदिको उपस्थिति रहेको थियो। सिनी प्रोजेक्ट कोर्डिनेटर योगेश लामाले मूलतः चाइल्ड इन नीड इन्स्टीट्यूटले निरन्तर शिशु औ आमाहरुको स्वास्थ्यप्रति काम गर्दै आईरहेको र यस क्रममा पौष्टिक आहारको प्याकेट वितरण एवम् शिशु र आमाको स्वास्थ्य सन्तुलन सम्बन्धित सचेतना गरिन्दै आएको क्रममा आज मधु चियाबारीका प्रायः १०० जना बच्चा औ आमाहरूलाई पौष्टिक भोजन वितरण साथै स्वास्थ्य सचेतना कार्यक्रम गरिएको जनाएका छन्।