जीटीए सभाको शपथ ग्रहण समारोहमा सहभागी हुनलाई मुख्यमन्त्री पहाडमा

IMG-20220711-WA0180.jpg

खरसाङ: राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जी भोलि हुने जीटीए सभाको शपथ ग्रहण समारोहमा सहभागी हुनलाई आज पहाड़ आइन्। मुख्यमन्त्री ममता ब्यानर्जीलाई आज खरसाङमा भव्य स्वागत जनाइयो। राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीलाई स्वागत गर्नलाई हिल तृणमूल कंग्रेस अनि भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाका प्रतिनिधिहरू उपस्थित रहेका थिए। उनी बागडोगरा हवाई अड्डामा ओर्लेर सड़क मार्ग हुँदै पहाड़ चढिइन्। उनलाई यस अवधि खरसाङमा भव्य स्वागत गरियो। मुख्यमन्त्रीलाई स्वागत गर्नलाई भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा आफै उपस्थित रहेका थिए। मुख्यमन्त्री खरसाङमा आएपछि यहाँको मोटर स्ट्याण्डमा केही क्षण गाड़ीबाट ओर्लेर जनताको अभिवादन स्वीकार गरिन्। मुख्यमन्त्रीसितै भागोप्रमो अध्यक्ष अनित थापाले जनतालाई अभिवादन गर्दै हात हल्लाए। खरसाङमा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरूले ममता ब्यानर्जी जिन्दावाद, अनित थापा जिन्दावादको नारा लगाए। खरसाङबाट भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय अध्यक्ष अनित थापा पनि राज्यकी मुख्यमन्त्री ममता ब्यानर्जीको गाड़ीमा नै चढेर दार्जिलिङतर्फ प्रस्थान गरे। मुख्यमन्त्री भोलि दार्जिलिङमा हुने जीटीए सभाको शपथ ग्रहण समारोहमा सामेल हुने कार्यक्रम रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement