दार्जिलिङमा शिक्षक सम्मान समारोह सम्पन्न

IMG-20230908-WA0259.jpg

श्रेष्ठ पाठशाला जंगलबस्ती प्रा पाठशाला अनि श्रेष्ठ शिक्षक शंकर राई घोषित

दार्जीलिङ: आज दार्जिलिङको हिमालय कला मन्दिर भवनमा प्राथमिक शिक्षक संगठन राजबाड़ी सदर क्षेत्र दार्जीलिङको आयोजनामा शिक्षक सम्मान समारोह साथै रंगारंग कार्यक्रमको आयोजना गरियो। उक्त समारोह संगठनका अध्यक्ष तिलक छेत्रीको अध्यक्षता र गोर्खाल्याण्ड क्षेत्रीय प्रशासनको उपाध्यक्ष राजेश चौहानको प्रमुख आतिथ्यमा सम्पन्न भएको छ। कार्यक्रममा एसआई अखिल मण्डल, एसआई कार्यालय सहायक सुरेन थापा, केशव छेत्री, योगेश घिमिरे, निमछिरीङ शेर्पा, दिपेन्द्र प्रधान, सृजना तामाङ, अर्बन बोर्ड सदस्य किशोर निरौला, बोर्ड सदस्य अरूणकुमार प्रधान, भूपू शिक्षक शिक्षिकाहरू क्रमैले भुषण थापा, रोमादेवी शर्मा, निर्मल राई, उमेश मुखियालगायत लेबोङ शाखा अनि टकभर शाखाबाट आमन्त्रित विशिष्ट अतिथिवर्ग साथसाथै अवकाश प्राप्त शिक्षक शिक्षिकाहरूका उपस्थिति रहेको थियो। उपस्थित अतिथिहरूमा सम्मान जनाइएपछि समारोहको प्रथम चरणमा अध्यक्ष साथै प्रमुख अतिथिको बाहुलीबाट डा सर्वपल्ली राधाकृष्णनको तस्वीरमा दीप प्रज्ज्वलन, पूजा अर्चना गरिएपछि समारोहको आरम्भ गरियो भने समारोहको प्रथममा निम्न आलुबारी प्राथमिक पाठशालाका विद्यार्थीहरूद्वारा गुरू वन्दना प्रस्तुत गरियो। यसपछि प्राथमिक शिक्षक संगठन राजबाड़ी सदर क्षेत्र सचिव राजेस शर्माले उपस्थित सम्पूर्ण अतिथिहरूमा स्वागम सम्बोधन प्रस्तुत गरे। समारोहलाई थप आकर्षक र मनोरञ्जनात्मक तुल्याउँदै सह शिक्षक ऋषिहाट खासमल प्राथमिक पाठशालाका शिक्षक रोशन राणाद्वारा मेण्डोलियनद्वारा समुधुर धुनहरू सुनाएर सबैलाई मन्त्रमुग्ध तुल्याए। गीत-संगीतकै क्रममा विभागीय कर्मचारी सृजना तामाङ अनि सह शिक्षिका अपर ब्लुमफिल्ड प्राथमिक पाठशालाका शिक्षिका मन्जु तामाङद्वारा गीतहरू प्रस्तुत गरियो भने संगठन सचिव राजेश शर्मा अनि सालु प्राथमिक पाठशालाका प्रधान अध्यापक जनम राईले कविताहरू सुनाए।
विकास संघ प्राथमिक पाठशालाका सह शिक्षिका सबिता थापाद्वारा सन्चालित उक्त समारोहको विशेष कार्यक्रम सम्मान समारोहको क्रममा वर्ष 2023 मा अवकाश ग्रहण गर्ने शिक्षक शिक्षिकाहरू क्रमैले शंकर राई, पान्दाम प्राथमिक पाठशाला, देवेन्द्र प्रधान पूर्व प्रधान अध्यापक निम्न राजबाड़ी प्राथमिक पाठशाला, सरिता कुमाई पूर्व शिक्षिका आर्य चियाबारी प्राथमिक पाठशाला अनि पूर्व शिक्षिका मिना सुवेदी सिंगताम प्राथमिक पाठशालाका शिक्षक-शिक्षिकालाई प्रमुख अतिथि अनि विशिष्ट अतिथिको बाहुलीबाट शिरशोभा, पुष्प गुच्छा , दोसल्ला, स्मृति चिन्ह, उपहार अनि सम्मान पत्र, आधिकारिक राशीद्वारा सम्मानित गरियो। उक्त सम्मान पत्रलाई शिक्षिकाहरू क्रमैले मन्जु तामाङ, प्रभा लामा, संगीता लेप्चा, सबिता थापाद्वारा पठन गरिएको थियो। सम्मानपछि समारोहलाई सम्बोधनमा राख्दै प्रमुख अतिथि उपाध्यक्ष गोर्खाल्याण्ड क्षेत्रीय प्रशासन राजेश चौहानले शिक्षक दिवस 5 सेप्टेम्बरमा मनाइनुपर्ने भए तापनि आजको दिन अन्तर्राष्ट्रिय सारक्षता दिवस समाजलाई शिक्षक शिक्षिकाहरूले साक्षर र शिक्षित बनाउन योगदान दिएको दिन आज यसप्रकार राजबाड़ी क्षेत्रद्वारा शिक्षक दिवस पालन गरिरहेको छ। राजबाड़ी क्षेत्रका सबैप्रति धन्यवाद बधाई दिन चाहान्छु। यसको साथै आज सम्मानित अवकाश प्राप्त शिक्षिक शिक्षिकाहरूमा आफ्नो तर्फबाट बधाई दिए भने अब विभागद्वारा शैक्षिक क्षेत्रका जतिपनि शिक्षक शिक्षिकाहरूको समस्याहरू रहेको छ यी सबैलाई जीटीएद्वारा समाधान गर्ने भएको यसको साथै आगामी वर्षदेखि नयाँ पाठ्यक्रमहरू आरम्भ गरिने बताउँदै 8 अगस्तको दिन बुक डेको रूपमा पालन गर्दै पुस्तकहरू प्रदान गरिने योजनाहरू रहेको बताउँदै आफ्नो सारगर्भित वक्तव्य राखे भने सम्बोधनकै क्रममा एसआई अखिल मण्डलद्वारा शिक्षकहरूको परिचयलाई राख्दै शिक्षकहरूको अमूल्य योगदानबारे आफ्नो वक्तव्य राखे अतिथि एसआई मण्डलकै बाहुलीबाट निम्न आलुबारी प्राथमिक पाठशालाका प्रधान अध्यापकलगायत विद्यार्थीहरूलाई ट्रफीसितै मेडलहरू प्रदान गरियो।
यसपछि राजबाड़ी सदर क्षेत्रद्वारा वार्षिकीतौरमा सम्पन्न गरिने उत्कृष्ट शिक्षक, श्रेष्ठ पाठशालाको परिणाम घोषणालाई विशिष्ट अतिथि भुषण थापा अनि दिपेन्द्र प्रधानद्वारा घोषणा गरेपछि उनीहरूकै बाहुलीद्वारा सम्मान प्रदान गरियो भने उत्कृष्ट विद्यालय जंगल बस्ती प्राथमिक पाठशाला भयो भने श्रेष्ठ शिक्षक पान्दाम प्राथमिक पाठशालाका पूर्व प्रधान अध्यापक शंकर राईलाई प्रदान गरियो।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *