जीटीएको सत्ता चौकीमा बस्नेहरूले २०१७ को आन्दोलन तुहाएको हो: लाडुप घिसिङ

IMG-20230908-WA0243.jpg

दार्जीलिङ: जीटीएको सत्ता चौकीमा बस्नेहरूले गोर्खाल्याण्डको आन्दोलन तुहाएको हो भनी हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता लाडुप घिसिङले आरोप लगाएका छन्। हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आज दोस्रो वर्षगाँठ पालन गरेको छ। उक्त स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी केन्द्रीय प्रवक्ता लाडुप घिसिङले जीटीएको सत्ता चौकीमा बस्नेहरूले गत 2017 को गोर्खाल्याण्ड आन्दोलन तुहाउने काम गरेको थियो भनी गम्भीर आरोप लगाए। उनले भने, समयमा कोल्टे फेर्न कति बेर पनि लगाउँदैन, सन १९८६ को गोर्खाल्याण्ड आन्दोलनपछि अब फेरि फेरि यस्तो आन्दोलन हुँदैन भनेका थिए तर गत २००७ मा पुनः गोर्खाल्याण्ड आन्दोलन दोहोरिएको थियो। तर त्यस आन्दोलनले पनि मानिसहरूलाई धोका भएको थियो। त्यस आन्दोलनले सबै मानिसहरू थाक्यो भनेर अब यस्तो आन्दोलन हुँदैन भनेका थिए। तर २०१३ मा तेलंगना राज्यको गठन हुँदा पहाडमा फेरि छुट्टै राज्यको आन्दोलन दन्किएको थियो। त्यस आन्दोलनमा पनि धोका भएको थियो भनेर भनेका थिए तर फेरि २०१७ मा भाषिक अतिक्रमण हुँदा छुट्टै राज्यको आन्दोलन दन्किएको थियो। आन्दोलन टुङगोमा पुग्न लाग्दा अहिलेको जीटीएको सत्ता चौकीमा बस्नेहरूले आन्दोलनलाई बिथोल्ने काम गरेको थियो।’
उनले अघि भने, हेरक आन्दोलनलाई बिथोल्न राज्य सरकारले हाम्रै मान्छेहरूलाई लगाएका छन्। यस्ता मानिसहरूलाई कहिले राम्रो हुने छैन। सत्तामा छु भनेर धाक नपिप्दा हुन्छ। सत्ता चौकीमा हुँदा पहाड र जातिको हितमा के कस्ता कामहरू गर्नु पर्ने त्यो कामहरू गर्नुपर्छ तर यहाँ त्यस्तो केही भएको छैन। प्रवक्ता लाडुप घिसिङले अझवभने, आफ्नै मञ्चमा भूईभरि भएपछि जनसभाको आयोजना गरेको थियो तर त्यो जनसभाले अझ तिमीहरू लथालिङ्ग र भताबुङ भएका छौं। प्रवक्ता घिसिङले भने, अब उसो २०१७ जस्तो आन्दोलन हुँदैन भनेर सबै चुप लागरेर बसेको छ। तर बंगाल सरकारले पाँच डेसिमल पट्टाको कुरा गरेर दुख्ने घाउमा टेक्ने काम गरेको छ। मैले विगतका दिनहरूमा पनि भनेको थिए अबको आन्दोलन चिया बगानहरूबाट सल्किन्छ भनेर भनेको थिए। स्थिति त्यस्तै हुँदै जाँदैछ। चिया श्रमिकहरूको आन्दोलनलाई कसैले पनि सानो रूपमा हेर्ने काम नगरोस। यो जमीनमा हाम्रो पूर्खाहरूले खून पसिना बगाएको छ अनि यो जमीनमा हाम्रो आफ्नो आफन्ताहरूको चिहान छ। बंगाल राज्य सरकारले हामीलाई पाँच डेसिमल पट्टा भिराएर जबर्जस्ती शरणार्थी बनाउनु खोज्दैछ प्रवक्ता धिसिङले भने।

उनले अघि भने १० सेप्टेम्बरको दिन मिरिकमा पाँच डेसिमल पट्टाको विरोधमा रैली निकाल्ने कार्यक्रम छ अनि उक्त रैलीमा सबैलाई सहभागिता जनाउने प्रबक्ता घिसिङले आह्वान् पनि गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement