रोटरी क्लबका सदस्यहरूद्वारा राज्यपालसॅंग शिष्टाचार भेट

sima_22

गान्तोकः रोटरी क्लब अफ् गान्तोक, सिक्किमका सदस्यहरूले आज सिक्किमका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसॅंग राजभवनमा शिष्टाचार भेट गरे। भेट अवधि रोटरी क्लबले २०२३ को निम्ति आफ्नो प्रेरक थीम ‘क्रिएट होप इन द वर्ल्ड’ पेश गरे अनि क्लबका परिचालन गतिविधिहरूका साथै स्थानीय समुदायमाथि प्रभाव सम्बन्धित एक व्यापक अवलोकन पेश गरे।

राज्यपालले हर्ष व्यक्त गर्दै भने, रोटरी क्लब गान्तोक, सिक्किमले निस्वार्थ भावले खॉंचोमा रहेका मानिसहरूको निम्ति पूर्ण इमानदारीका साथ काम गरिरहेको छ, जुन सराहनीय कार्य हो। उनले समाज सेवा हेतु प्रतिबद्ध रोटरी क्लबलाई समाजको उत्थानको निम्ति सक्रिय सहभागिता एवं कार्यमा निरन्तर सफलताका लागि हार्दिक शुभकामना व्यक्त गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement