हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको दोस्रो स्थापना दिवस सम्पन्न

IMG-20230908-WA0227.jpg

अब हरेक सेक्टरहरूमा हाम्रो पार्टीको संगठन हुन जरूरी छ: अजय एडवर्ड

दार्जीलिङ: हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको गठन श्रमिकहरूको हितको निम्ति भएको हो भनी हाम्रो पार्टीको अध्यक्ष अजय एडवाडर्सले बताएका छन्। दार्जिलिङको माल रोडस्थित हाम्रो पार्टी केन्द्रीय कार्यालय पी कोठीमा हाम्रो पार्टीको श्रमिक संगठन हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो दोस्रो वर्ष गाँठ पालन गरयो। उक्त स्थापना दिवस समारोहमा पार्टीको संस्थापक अध्यक्ष अजय एडवाडर्स विशेष रूपमा उपस्थित रहेका थिए।त्यसरी नै हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको केन्द्रीय अध्यक्ष डी के गुरूङ, थेबा तामाङ, राजु सुब्बा, सन्नी बम्जन, लाडुप घिसिङ, रूवेन दास प्रधान, साकाल देवान आदि उपस्थित रहेका थिए। कार्यक्रमको शुभारम्भमा पार्टी केन्द्रीय अध्यक्ष अजय एडवाडर्स, श्रमिक संघको केन्द्रीय अध्यक्ष डीके गुरूङ आदिको बाहुलीद्वारा दीप जलन आदि जस्ता कार्यहरू गरियो।आयोजित स्थापना दिवस समारोहलाई सम्बोधन गर्ने क्रममा पार्टी अध्यक्ष अजय एडवाडर्सले हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघले आफ्नो गठनकालदेखि नै श्रमिकहरूको हितमा काम गर्दै आईरहेको बताए। चिया श्रमिकहरूको आर्थिक अवस्था अति नै सोचनीय छ। त्यसकारण मिनिमम वेजेस लागु गरिनुपर्छ भन्ने अध्यक्ष एडवाडर्सले मांग गरे। हाम्रो पार्टी भनेको जनताको पक्षमा काम गर्न जन्मेको पार्टी हो, गोर्खा जातिको जातिया मुद्वा पार लगाउन जन्मेको पार्टी हो। गरीब परिवारहरूको दु:खमा खडा हुन जन्मेको पार्टी हो अनि पहाडको विकल्प भनेको नै हाम्रो पार्टी रहेको अध्यक्ष एडवाडर्सले बताए।

उनले भने, चिया श्रमिकहरूको ब्यथा हामीले नजिकबाट हेरेका छौं। रंगीट चिया बगानको श्रमिकहरूमाथि आपत आई परेको थियो। त्यस अवधि हाम्रो पार्टी श्रमिकहरूको पक्षमा खडा भएर उभिएको थियो। हाम्रो पार्टीले त्यो कदम पार्टी विस्तार गर्नलाई उठाएको होइन, श्रमिकहरूले भोग्न परेको समस्याहरूसंग केवल आत्मासात गर्न खडा भएका थिए। हाम्रो हिल तराई डुवर्स चियाबारी श्रमिक संघको छत्र छायामा बेरोजगार -रोजगार सबैको सुरक्षाको निम्ति आ आफ्नो संगठनको गठन गरिनुपर्छ। गाडी चालक, होटेल कर्मचारीहरूको हित र अधिकारको पक्षमा संगठनको गठन गरिनुपर्छ। त्यसरी नै होम स्टेहरूको पनि संगठन हुनुपर्छ। त्यसरी नै दार्जीलिङ, खरसाङ, मिरिक, कालेबुङ नगरपालिकाहरूमा पनि हाम्रो पार्टीको संगठन खोल्न पर्छ। त्यसरी नै जीटीएमा कार्यरत् अस्थायी कर्मचारीहरूको पक्षमा बोल्ने संगठनको गठन गरिनुपर्छ अध्यक्ष एडवाडर्सले भने।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement