८ सेप्टेम्बरः पहाड़ी युवा संघ, रोंगचोंगको तत्त्वावधानमा आयोजित गणेश राई स्मृति च्यालेञ्ज कप फूटबल टुर्नामेण्टमा शुक्रवार दुईवटा म्याच खेलियो। लोहापुल (एनएच १०) नजिक रोंगचोंग प्राइमरी स्कूल खेल मैदानमा आज भएको पहिलो म्याचमा भोल्भो एपेक्सले लंकु प्रगतिशील युथ क्लबलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट विनोद राई र अर्पण छेत्रीले गोल गरे। यसरी लंकु प्रगतिशील युथ क्लबबाट रोहन छेत्रीले गोल गरे। यसरी दिनको दोस्रो म्याचमा टिस्टा फूटबल एकाडमीले सिम्प्ली बोइजलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट दिपेश प्रधान र प्रजल छेत्रीले गोल गरे। यसरी सिम्प्ली बोइजबाट अभि मंगरले गोल गरे। टुर्नामेण्टमा जम्मा ३२ वटा टीमले हिस्सा लिएको छ। दुईवटा सेमिफाइनल २९ र ३० सेप्टेम्बरमा हुनेछ। यसरी नै फाइनल २ अक्टोबमा खेलिनेछ। यस सेभेन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ६० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरिनेछ। टुर्नामेण्टको गत संस्करणमा जर्जियन एफसी च्याम्पियन भएको थियो।