८ सेप्टेम्बरः सेण्ट रोबर्ट्स हायर सेकेण्डरी स्कूल (दार्जीलिङ)- को तत्त्वावधानमा आयोजित सेण्ट रोबर्टस च्यालेञ्ज ट्रफी फूटबल टुर्नामेण्टको चौथो संस्करणमा शुक्रवार एउटा म्याच खेलियो। यस म्याचमा दार्जीलिङ गवर्मेण्ट हाई स्कूलले सरस्वती हाई स्कूल, पेशोकलाई ३-१-ले पराजित गऱ्यो। विजेता टीमबाट आशिष राईले दोस्रो अनि ४०औं मिनटमा २ गोल गरे। यसरी अनुराग राईले एउटा गोल गरे। सरस्वती हाई स्कूलले एकमात्र गोल अन्तिम क्षणमा हासिल गऱ्यो, जब दार्जीलिङ गवर्मेण्ट हाई स्कूलका खेलाड़ीले आत्मघाती गोल गरे।

विजेता टीमका आशिष राईलाई प्लेयर अव् द म्याच चयन गरियो। क्लास सेभेनसम्मका खेलाड़ीहरूले हिस्सा लिएको यस सेभेन ए साइड इण्टर स्कूल जूनियर फूटबल टुर्नामेण्टमा जम्मा २८ वटा टीमले हिस्सा लिएको छ। टुर्नामेण्टको फाइनल २९ सेप्टेम्बरमा खेलिनेछ।










