सोरेङमा विश्व साक्षरता दिवस पालन

ff_990

गान्तोकः सोरेङ शिक्षा विभागको पहलमा आज सोरेङ उच्चत्तर माध्यमिक विद्यालय परिसरमा नयाँ भारत साक्षरता कार्यक्रम अन्तर्गत विश्व साक्षरता दिवस पालन गरियो। यस अवसरमा सोरेङ उच्चत्तर माध्यमिक विद्यालयका प्राचार्य एवम् राष्ट्रिय पुरस्कारले सम्मानित डा. पीबी छेत्री लगायत अन्य अधिकारीहरूको पनि उपस्थिति रहेको थियो।

यस अवसरमा शिक्षकहरूद्वारा तयार गरिएको छोटो भीडियो पनि प्रस्तुत गरिएको थियो भने उक्त भीडियो नव भारत साक्षतार कार्यक्रममाथि तयार गरिएको हो। उक्त भीडियो विद्यार्थीहरू र शिक्षक र विद्यार्थीहरूमा नव भारत साक्षरता अभियानको लागि काम गर्न उत्प्रेरित गर्नको निम्ति तयार गरिएको हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement