आँगनमा प्रशासन अन्तर्गत ८० जनाको आधार कार्ड बनाइयो

aad_633

सोरेङः आँगनमा प्रशासन अन्तर्गत सोरेङ जिल्लाको मगरजुङ मंगसारी ग्राम पञ्चायत युनिटका वृद्ध र शारीरिकरूपमा असक्षम व्यक्तिहरूको आधार कार्ड बनाउने कार्य सम्पन्न भयो। डेस्मी र मगरजुङ मंगसारी ग्राम पञ्चायत युनिटको संयुक्त पहलमा आयोजित यस कार्यक्रममा वरिष्ठ नागरिक, गर्ववती महिला आदिहरूको आधार कार्ड बनाउने कार्य गरिएको जानकारी गराइएको छ।

यस अवसरमा कूल ८० जनाको आधार कार्डको निम्ति फोटो खिँचाएको बताइएको छ। सो कार्यक्रममा डेस्मीका सहनिर्देशक एनटी भोटिया, आधार अपरेटर अर्पण थापा लगायत अन्यहरूले सक्रियरूपमा भूमिका निर्वाह गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement