प्रधानमन्त्री मोदीद्वारा नयाँ संसद भवनमा नयाँ अशोक स्तम्भ अनावरण

Ashoke-Stambha

नयाँ दिल्ली: प्रधानमन्त्री नरेन्द्र मोदीले सोमबार बिहान नयाँ संसद भवनको छतमा ६.५ मिटर लामो काँस्य राष्ट्रिय प्रतीकको अनावरण गरे। त्यसपछि उनले नयाँ संसद भवनको काममा जुटेका मजदुरहरुसँग अन्तरक्रिया गरे। राष्ट्रिय प्रतीक अशोक स्तम्भ कांस्यबाट बनेको कांस्य चिन्हको तौल ९,५०० केजी र उचाइ ६.५ मिटर रहेको अधिकारीहरूले बताएका छन्। यो नयाँ संसद भवनको शीर्षमा बनाइएको छ। यसको वरिपरि करिब ६ हजार ५ सय केजी तौलको स्टिलको संरचना निर्माण गरिएको छ।

सो क्रममा प्रधानमन्त्री मोदीले संसद भवन निर्माण कार्यमा संलग्न मजदुरहरुसँग पनि कुराकानी गरे। नयाँ संसद भवनको छतमा राष्ट्रिय प्रतीक चिन्ह लगाउने काम विभिन्न आठ चरणमा सम्पन्न भएको उनले बताए। यो माटोको मोडेल बनाउनेदेखि लिएर कम्प्युटर ग्राफिक्सको तयारी र कांस्यका आकृतिहरू पालिस गर्नेसम्मको दायरा हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement