साइक्लिस्ट जोएल छेत्रीलाई नाम्चीमा भव्य स्वागत

n535934426169419593750155da25704c3c34a085bcade86e20dd085a6ca6deeb42c588b3a5cbb8a3b9ae32.jpg

नाम्चीः साइक्लिस्ट जोएल छेत्रीलाई आज नाम्चीमा भव्य स्वागत जनाइयो। उनलाई स्वागत जनाउन नाम्ची नगर परिषदका अध्यक्ष गणेश राई, भवन एवं आवास विभागका अध्यक्ष टाँसी दोर्जे तामाङ, कौशल विकास विभागका सल्लाहकार सतिशचन्द्र राई, पूर्व जिल्ला पञ्चायत अध्यक्ष छिरिङ डेम भोटिया, एसकेएम पार्टीको नाम्ची जिल्ला महासचिव प्रभारी एसजे लेप्चा, एसकेएम पार्टीका सदस्य योगेन तामाङ, सिक्किम भूतपूर्व सरकारी कर्मचारी संघका प्रतिनीधिहरू आदिको उपस्थिति रहेको थियो।

स्मरण गराइन्छ, साइक्लिस्ट छेत्रीले गत १७ अगस्तमा नाम्चीदेखि दिल्लीसम्मको स्लो साइक्लिङ यात्रा शुरू गरेका थिए भने १५६५ किलोमिटरको यात्रा पूरा गरेर आज उनी नाम्ची आइपुगेका हुन्। उनलाई दिल्लीमा त्यहाँका विधानसभा अध्यक्ष राम निवास गोयलले स्वागत-अभिनन्दन गरेको पनि बताइएको छ। उनले यसरी साइकल यात्रा गर्नुको मुख्य उद्देश्य जलवायु परिवर्तन, स्वास्थ्य सचेतना, ड्रग्स मुक्त समाज र जैविक उत्पादित खानाको महत्त्व बुझाउनु रहेको बताएका छन्। यस क्रममा एउटा कार्यक्रमको पनि आयोजना गरिएको थियो। कार्यक्रममा साइक्लिस्ट जोएल छेत्रीलाई एसकेएम पार्टीको नाम्ची जिल्ला कार्यकारिणी समिति र दी बल्ड आर्मी अफ् सिक्किमले प्रशंसा पत्र पनि प्रदान गऱ्यो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement