पूर्व तृणमूल नेता ओमपक्राश मिश्राको नेतृत्वमा राजभवन बाहिर धरनामा बसे विश्वविद्यालयहरूका पूर्व कुलपति

00-1-Rajya-Samachar-5

कोलकाताः पश्चिम बंगालको सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका नेता रहेका ओमप्रकाश मिश्राको नेतृत्वमा राज्यका धेरै विश्वविद्यालयहरूका पूर्व कुलपति राज्यपाल डा. सीवी आनन्द बोस विरूद्ध राजभवन बाहिर धरनामा बसेका छन्। दी एजुकेशनिस्ट फोरम नाम गरेको संगठनको ब्यानरमुनि यो धरना भइऱहेछ। राज्यका विभिन्न विश्वविद्यालयहरूमा कुलपतिहरूको नियुक्तिलाई लिएर राज्यपालको तर्फबाट कथित एकतर्फी फसेला लिइएको विरोधमा यिनीहरूको धरना भइऱहेछ। राज्यपालले संवैधानिक रीतिको पालन गर्ने र विश्वविद्यालयहरूमा कुनैपनि नियुक्तिअघि राज्य सरकारसित परामर्श लिएर काम गर्ने माग गरेका छन्।

ओमप्रकाश मिश्राले भने, कानून मुताबिक काम हुनुपर्छ। विश्वविद्यालयहरूमा अन्तरिम नभएर स्थाई कुलपितहरूको नियुक्ति आवश्यक छ। उल्लेख्य, मुख्यमन्त्री ममता ब्यानर्जीले राजभवन बाहिर धरना दिने कुरा भनेकी थिइन् तबदेखि ओमप्रकाश मिश्राको नेतृत्वमा यो कार्यक्रम तय गरिन्दैथियो। यसअघि बिहिवार राज्यपालले एक भीडियो सन्देश जारी गरी भनेका थिए, राजभवन बाहिर धरना दिने आवश्यकता छैन। यदि मुख्यमन्त्रीलाई धरना दिनुछ भने उनले राजभवनभित्र आउनसक्छन्। अतिथिको रूपमा म दुवै हात फैलाएर उनको स्वागत गर्नेछु।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement