कोलकाताः उत्तर बंगालको धुपगढ़ी विधानसभा सीटमा भएको उपचुनाउमा सत्तारूढ़ पार्टी तृणमूल कांग्रेसका उम्मेदवार निर्मल चन्द्र रोयको जितमा पार्टी सुप्रिमो मुख्यमन्त्री ममता ब्यानर्जीले शुभकामना दिएकी छन्। उनले माइक्रो ब्लगिङ साइट एक्समा लेखिन्, हामीमाथि विश्वास व्यक्त गर्न र महत्वपूर्ण विधानसभा उपचुनाउमा हाम्रो समर्थनमा मतदान गर्नका लागि म धुपगढ़ीका जनतालाई मनबाट धन्यवाद दिँदछु।
उत्तर बंगालका जनता हामीसित छन् र माँ-माटी-मानुषको सरकारको विकास, सामाजिक कल्याण र सशक्तिकरणको संयोजनको तरीकामा विश्वास राख्छन्। बंगालले आफ्नो विचार राखेको छ र छिट्टै नै पूरा देशले पनि आफ्नो विचार राख्नेछ।
-हिस