दार्जिलिङ: जोइन्ट फोरमका प्रतिनिधिहरूमाथि भागोप्रमोद्वारा हमला भएको अारोप लागेको छ। आज पुबोङ चियाबारीमा जोइण्ट फोरमद्वारा आयोजना गरिएको गेट मिटिङमा मिटिङ शुरु हुनसाथ सभासद ढेण्डुप पाख्रिन अनि प्रजातान्त्रिक मोर्चाको कार्यकर्ताहरु आएर जोइण्ट फोरमका प्रतिनिधिहरूमाथि हमला भएको आरोप छ। यय हमलामा जोइन्ट फोरमका प्रवक्ता सुनिल राई, धिरज राई, प्रणय शेर्पा अनि प्रभात राईलाई प्राण घातक हमला गरिएको आरोप छ। यसको निम्ति पुटुङ एचपीडब्ल्यु शाखाद्वारा दोषीहरुलाई कडा कार्वाही गरिनुपर्छ भनी आफ्नो मांग रंगली थानामा प्राथमिकी दर्ता गरेको बताइएको छ। जोइण्ट फोरमका प्रतिनिधिहरूमाथि भएको प्राण घातक हमलाको विरुद्ध दार्जीलिङ सदरमा प्राथमिकी दर्ता गरिएको जानकारी प्राप्त भएको छ। अर्कोतिर उक्त हमलामा घाइते भएका जोइन्ट फोरमका प्रतिनिधिहरू क्रमैले धिरज राई, सुनिल राई अनि प्रणय शेर्पा दार्जीलिङ जिल्ला अस्पताल ( इडेनमा ) मा भर्ना भएको बताइएको छ। उक्त हमलाको विरोधमा गोरामुमोले चोक बजारमा प्रजातान्त्रिक मोर्चाको विरुद्धमा पोस्टरिङ गर्दै गोरामुमोद्वारा नारा लगाइएको जानकारी प्राप्त भएको छ।