हरिदेवपुर होममा १३ वर्षसम्म बालिकासित दुष्कर्म मामिलामा तीन पक्राउ

00-1-Rajya-Samachar-5

कोलकाताः पश्चिम बंगालको राजधानी कोलकाताको हरिदेवपुरमा एक नाबालिग बालिकासित लगातार १३ वर्षसम्म दुष्कर्म गरेको आरोपमा होमका निदेशक सहित तीन जनालाई पक्राउ गरिएको छ। कोलकाता पुलिसको तर्फबाट शुक्रवार जारी बयान अनुसार, निदेशक बाहेक होमका प्रिन्सिपल र भान्सेलाई पक्राउ गरिएको छ। यिनीहरूलाई बिहिवार राति हिरासतमा लिएपछि लगातार सोधपुछ गरियो, जसपछि यिनीहरूले आफ्नो अपराध स्वीकार गरेका छन्। यिनीहरूलाई आज दिउँसो कोर्टमा पेश गरिनेछ। नाबालिगको गुप्त बयानको पनि व्यवस्था गरिन्दैछ।

वस्तुतः हरिदेवपुरको होममा दृष्टिहीन नानीहरूलाई ऱाखिन्छ। यही उनीहरूको बस्ने, खाने र पढ्ने व्यवस्था पनि हुन्छ। यहाँ एक नाबालिग बालिकासित गत १३ वर्षदेखि दुष्कर्म गरिरहेको आरोप छ। पक्रा परेका आरोपितहरूमध्ये होमका निदेशकको नाम जीवेश दे हो। प्रिन्सिपल महिला हुन्, जसले गर्दा उसको नामको खुलासा गरिएको छैन। पक्रा परेका आरोपितहरू विरूद्ध पोक्सो एक्टका धाराहरू अन्तर्गत मामिला दर्ता गरी कानूनी कारबाही शुरू गरिएको छ।

-हिस

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement