सांसद राजु बिष्टको उदारता, कुमुदिनी होम्सका कलाकार विद्यार्थीहरुलाई पुर्याए सहयोग   

Raju-Bist

सिलगढी: आफ्नो कला प्रदर्शन गर्न स्वीट्जरल्याण्ड गएका कुमुदिनी होम्स स्कूलका विद्यार्थीहरूलाई टिकटको व्यवस्था गरिदिएको सांसद राजु बिष्टले बताएका छन्l उनले भने, ‘मैले हिजी वाचा गरेअनुसार कालेबुङको कुमुदिनी होम्स स्कूलका हाम्रा विद्यार्थीहरूको उत्साह र ऊर्जालाई अलिकति पनि कम हुन दिने छुइन। हाम्रा यी होनहार विद्यार्थीहरूले स्वीटजरल्याण्ड गएर आफ्नो कला प्रदर्शनीद्वारा हाम्रो क्षेत्र, गोर्खा जाति अनि देशको नाम रोशन गर्न सकुन् भनी उनीहरूको टिकटको व्यवस्था गरिदिएको छु। उनीहरू बागडोगराबाट रवाना भइसकेका छन्, अनि दिल्लीबाट दोहा हुँदै ज्युरिक पुग्नेछन्। दिल्लीमा उनीहरूको सहुलियतका लागि सबै व्यवस्था मिलाइदिएको छुl दिल्लीमा उनीहरूको अन्तर्राष्ट्रिय उडानको समय नहुँदासम्म, उनीहरू मेरै घरमा बस्नेछन् र उनीहरूको देखरेख आफ्नै घरमा सरह हुनेछ। म हाम्रा यी विद्यार्थीहरूका अभिभावकहरू, अनि सबै शुभचिन्तकहरूलाई निश्चिन्त हुन अनुरोध गर्दछु। म आश्वस्त गर्दछु कि यहाँ उनीहरूलाई कुनै किसमको समस्या हुनेछैन। यद्यपि सम्बन्धित सबैका लागि यो घटना धेरै तनावपूर्ण भए पनि हाम्रा यी प्रतिभाशाली विद्यार्थीहरूका निम्ति उर्लिएको जनसमर्थन र माया देखेर म भावविभोर भएको छुl’’

अपरिचितहरूका लागि यस्तो चिन्ता व्यक्ति गरिएको अनि अप्ठ्यारो स्थितिमा परेका विद्यार्थीहरूको मद्दतका लागि अगाड़ि आएको घटना विरलै पाइन्छ भन्ने कुरा उनले उजागर गरेका छन्। ‘हाम्रो क्षेत्रका जनतालाई यी विद्यार्थीहरू निम्ति प्रार्थनाका लागि धन्यवाद दिँदछु। मलाई पूर्ण विश्वास छ कि हाम्रा यी ऊर्जावान विद्यार्थीहरूले आफ्नो सङ्गीत र ‘खुकुरी नृत्य’को उत्कृष्ट प्रदर्शनद्वारा विश्वलाई आश्चर्यचकित पार्नेछन्, अनि हाम्रो क्षेत्र अनि राष्ट्रको डंका विश्वभरि बजाएर स्वदेश फर्कने छन्,’’ उनले शुभकामना व्यक्त गर्दै यसो भनेका छन्l

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement