प्रबन्धनपक्षले कमान अचानक छोड़ेर जाँदा अठियाबारी चियाबारीको श्रमिकहरू अन्यौलमा

82c1ecb1-3778-4623-bdec-76f759901903

कालचिनीः कालचिनी खण्डको सन १९०० सालमा स्थापित अठियाबारी चियाबारीको श्रमिकहरू शुक्रबार अचानक बिहान कमानबाट प्रबन्धनपक्षले कमान छोड़ेर गएको खबरले व्याकुल बनेको छ। श्रमिकहरूले जनाए अनुसार शुक्रबार विहान यूनियनहरूले प्रायः एक घन्टाको गेटसभा सम्पन्न गरेको थियो। कमानबाट प्राप्य अधिकारहरू नपाएकोले ट्रेड यूनियनको पक्षबाट रोजवृद्धिको १८ रुपियाँ लागु नगरेको अनि प्रायः ४५० जति रिटायर्ड श्रमिकहरूको ग्रेच्युटी रकम आजपर्यन्त भुगतान नगरेको र श्रमिक क्वार्टरको मरम्मती नगरिएको एवम् अन्यान्य दाबीहरू लिएर बारम्बार दाबी ज्ञापन चढ़ाउँदा पनि त्यो पुरा नगरेको आदि विषयहरू लिएर गेटसभा सम्पन्न गरेको तर अचानक कमानको सिनियर म्यानेजर लगायत अन्यान्य सहायक प्रबन्धकहरू चुपचापसित कमान छोड़ेर गएको घटनाले श्रमिकहरू अन्यौलमा परेको थियो।
कमानको लाईन चौकीदार राजेश लोहारले बताए अनुसार बिहीबार साँझ नै कमानको सिनियर म्यानेजरले कमानमा आज काम नहुने हुकुम लगाएका थिए र सो बमोजिम शुक्रबार अचानक गेटसभा पश्चात प्रबन्धनपक्ष कोही कमानमा नदेख्दा कतै कमान बन्द गरेर गएको त होईन भन्ने आन्तरिक त्रास श्रमिकहरूमा छाएको थियो। यद्यपि कमानको फ्याक्ट्री चालू रहेको र जम्मै श्रमिकहरू काममा गएको र पत्ती ओजन सामान्य चलिरहेको कमानको यूनियन प्रतिनिधिहरूले जनाएका छन्। साँझसम्म कमानका प्रबन्धनपक्ष फर्केर आउने खबर सुनिएता पनि यो समाचार लेखुञ्जेल प्रबन्धकहरू कमानमा आईनपुगेको श्रमिक सुत्रले जनाएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement