खरसाङ: खरसाङका युवा फुटबल खेलाड़ी चिराग भुजेल आई लीग् फुटबल टुर्नामेन्टको लागि राजस्थानको युनाइटेड एफसीसित तीन वर्षको लागि अनुबन्धित भएका छन्। खरसाङको गौरी शंकर निवासी चिराग भुजेलले आई लीग् खेल्नलाई यसपाली राजस्थान युनाईटेड फुटबल क्लबसित तीन वर्षको लागि अनुबन्ध गरेका छन्। उनले यसको सम्पूर्ण श्रेय माता पिता र बाजे साथै सम्पूर्ण परिवारलाई नै दिएका छन्। उनले आफ्नो सपना ईण्डियन सुपर लिग् लगायत अन्य ठूल्ठूला क्लबहरूमा फुटबल टुर्नामेन्ट खेल्ने रहेको पनि बताएका छन्। उनले योभन्दा पहिला विभिन्न क्लबहरूबाट फुटबल खेल्दै आएका छन्। उनले आफ्नो परिवार, गाउँ र खरसाङ क्षेत्र साथै सम्पूर्ण पहाड़लाई नै गौरान्वित बनाएका छन्।