श्रम विभागका नयाँ सचिव डा. सिन्थेलले गरे कार्यभार ग्रहण

IMG-20230908-WA0328.jpg

गान्तोक: राज्य सरकारको श्रम विभागका नवनियुक्त सचिव डा. पी सेन्थिल (आइएफएस) ले आजदेखि कार्यभार ग्रहण गरेका छन्। राज्य सरकारको कार्मिक विभागद्वारा गत ३० अगस्तको दिनको अधिसूचना जारी गरेर उनलाई श्रम विभागको सचिव नियुक्त गरेको हो। यस अघि उनी पशुपालन विभागका सचिवको पदमा कार्यरत थिए।

आज डा. पी सेन्थिल कुमारले श्रम भवनमा पूर्व सचिव कर्मा नामग्यल भोटियाबाट पदभार ग्रहण गर्ने औपचारिकताको समय विभागका सबै शीर्ष अधिकारी साथै क्रमचारीको उपस्थिति रहेको थियो। यस अवसरमा पूर्व सचिवले नयाँ सचिवलाई श्रम विभागका गतिविधि बारे जानकारी गराए भने नयाँ सचिव डा. सेन्थिलले आफ्नो क्षमताअनुसार उत्कृष्ट कार्य गर्ने प्रतिवद्धता जाहेर गरे। उल्लेखनीय छ, सचिव डा. सेन्थिलसित प्रशासनिक सेवाको २६ वर्षको अनुभव रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement