एसएसबी ५३ वाहिनीद्वारा दिव्याङ्गजनलाई निःशुल्क सामग्री वितरण

3daf9328-ba42-4df0-a815-e72f16d21186

कालचिनीः एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको आयोजना औ इन्डियन रेड क्रस सोसाइटी जलपाईगढ़ीको सहयोगितामा शुक्रबार कालचिनी स्थित रविन्द्र-भानु बिरसा भवनमा एडीआईपी एवम् आरभीवाई कार्यक्रम अन्तर्गत प्रायः ६० जना दिव्याङ्गहरुलाई विभिन्न सामग्रीहरु जस्तै व्हील चेयर, ट्राइसाइकल, ब्लाइन्ट स्टिक, बैसाखी, ध्वनि श्रवण यन्त्र आदि सामग्रीहरु वितरण गरियो। सो अवसरमा एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट धीरज कुमार, डेपुटी कमान्डेन्ट हर्ष सिन्हा, लगायत विशिष्ट अतिथिमा टोटो समाजसेवी पद्मश्री धनीराम टोटो लगायत इन्डियन रेड क्रस सोसाइटी जलपाईगढ़ीको सहसचिव अभ्रदीप दत्ता, कलकत्ता एएलआईएमसीओका डा. नवीन कुमार, एवम् अन्यान्य अतिथिहरुको उपस्थिति रहेको थियो। एसएसबीको वेलफेयर कार्य औ इन्डियन रेड क्रस सोसाइटीको सहयोगितामा यो कार्यक्रम सम्पन्न भएको एसएसबी ५३ वाहिनी फालाकाटा सिमलाबारी मुख्यालयको कार्यवाहक कमान्डेन्ट धीरज कुमारले जानकारी दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement