कोलकाताः दिल्लीमा हुन गइऱहेको जी-२० शिखर सम्मेलनको रात्रि भोजको निम्ति मुख्यमन्त्री ममता ब्यानर्जी एक दिनअगावै दिल्ली पुग्नेछिन्। राज्य सचिवालय सूत्रहरू अनुसार, यहाँ चाणक्यपुरीमा नयाँ बंग भवनमा ममता ब्यानर्जी बस्नेछिन्। राज्यपाल डाक्टर सीवी आनन्द बोसलाई पनि रात्रि भोजनमा सामेल हुनका लागि निमन्त्रणा प्राप्त भएको छ। उनीपनि यही बंग भवनमा बस्नेछन्। खास कुरा के छ भने ममता र राज्यपालबीच हालमा विश्वविद्यालयहरूमा कुलपतिहरूको नियुक्तिलाई लिएऱ वाकयुद्ध तीव्र भइऱहेछ। यस्तो स्थितिमा जब दुवै एउटै ठाउँमा बस्नेछन् भने एक अर्कातिसत भेट गर्नेछन् वा छैनन् यो हेर्नपर्नेछ।
तृणमूल कांग्रेसका एक नेताले बताए, आम आदमी पार्टीका मुखिया एवं दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल बंग भवनमा मुख्यमन्त्री ममता ब्यानर्जीसित भेट गर्न आउनसक्छन्। दिल्लीमा ममताले बांग्लादेशका प्रधानमन्त्री शेख हसीनासित पनि भेट गर्नेछन् औं दुवैबीच छुट्टै बैठक हुनुपनि तय छ।
-हिस