तीनधारेका छोरा डा. विवस सेवाद्वारा पश्चिम बंगाल कलेज सर्भिस कमिशन परीक्षा उत्तीर्ण

IMG-20230908-WA0248.jpg

खरसाङ: खरसाङ महकुमा अन्तर्गत तीनधारेका छोरा विवस सेवाले पश्चिम बंगाल कलेज सर्भिस कमिशन परीक्षा उत्तीर्ण गरेका छन्। तीनधारेको क्रिकेट बजार निवासी विवस सेवा पिता स्व निर्मल सेवा र माता नरमाया सेवाकी कान्छा छोरा हुन्। विवसले दिल्लीको जवाहरलाल नेहरू विश्वविद्यालयबाट राजनीतिशास्त्रमा स्नातकोत्तर उत्तीर्ण गरी एम फिल्ड र पीएचडी पनि गरेका हुन्। उनले २०१९ मा नेट र जीआरएफ परीक्षा उत्तीर्ण गरेका थिए भने २०२० मा सेट परीक्षा पनि उत्तीर्ण गरेका थिए। त्यसरी मा उनले २०२२ मा पश्चिम बंगाल कलेज सर्भिस कमिशनको लागि परीक्षा दिएका थिए भने यसै महिना १ सेप्टेम्बरमा यसको परिणाम प्रकाशित भएको थियो जसमा विवस उत्तीर्ण भएका थिए। उनी अब आठवटा विश्वविद्यालयहरू अन्तर्गत कुनै कलेजमा जान सक्ने भए पनि उनले कोलकोता विश्व विद्यालय अन्तर्गत दुईवटा कलेजलाई चयन गरी कुनै एकमा राजनीतिशास्त्र विषयमा प्राध्यापन गराउने निर्णय गरेको बताएका छन्। उनले आगामी एक महिनाको समयभित्रमा ड्युटी जोइन गर्ने पनि बताएका छन्। विवस सेवाले जवाहरलाल विश्वलिद्यालयबाट २०१९ मा प्रोफेसर डा महेन्द्र पी लामाको छत्रछाँयामा नै आफ्नो पीएचडी पूरा गरेका थिए। डा. विवस सेवाले प्रोफेसर महेन्द्र पी लामाको छत्रछाँयामा राजनीतिशास्त्रमा गरेको पीचडीको विषय ‘ह्युमन ट्राफिकिङ एण्ड क्रस बोर्डर लिकेजेस: ए केस स्टडी अफ् नेपाल एण्ड ईण्डिया’ रहेको छ। तीनधारेको क्रिकेट बजार निवासी विवस सेवाले आफ्नो प्राथमिक तहको शिक्षा तीनधारैकै ग्राम सुधार प्राथमिक पाठशालाबाट अनि पाँचौंदेखि बाह्रौं श्रेणीसम्मको पढाई तीनधारे उच्चत्तर माध्यमिक विद्यालयमा अध्ययन गरेका थिए। उनले स्नातक तहसम्मको शिक्षा सिलगढी कलेजमा राजनीतिशास्त्र सम्मान लिएर पढेका थिए भने यसै विषयमा स्नातकोत्तरदेखि पीएचडीसम्म दिल्लीको जवाहरलाल नेहरु विश्वविद्यालय (एनएनयु) मा पढेका थिए। हुने बिरूवाको चिल्लो पात भने झैं सानैदेखि पढाईमा अबब्ल रहेका विवस सेवाले कलेज तहको पढाईदेखि सरकारको विभिन्न स्कलरशीपको लागि हुने परीक्षाहरूमा उत्तीर्ण भएर सरकारले प्रदान गरेका सुविधाहरू उपभोग गरेका थिए। उनी अहिले भावी सन्तानका लागि र आफ्नो क्षेत्रका भाइ बहिनीहरूका लागि प्रेरणाको स्रोत बनेका छन्। यस सफलता विषयमा पत्रकारहरूसित कुराकानी गर्दै डा विवस सेवाले विस्तृत रूपमा बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement