कुचबिहार: शीतलकुचीमा एक बीएसएफ जवानले आत्महत्या गरेका छन्। भारत–बंगलादेश सीमामा रहेको शीतलकुची ब्लकको गडोपोटा गाउँमा शुक्रबार बिहान उक्त घटना भएको हो। बीएसएफ स्रोतका अनुसार मृतकको नाम एनएम स्वामी हो। उनको घर आन्ध्र प्रदेशमा छ। उनले बिहानै आफ्नो छातीमा गोली हानेर आत्महत्या गरेका हुन्। सहकर्मीहरूले उनलाई तुरुन्तै शितलकुची ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे। त्यहाँ चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए। पारिवारिक असमझदारीका कारण यस्तो घटना भएको हुन सक्ने आशंका उनका सहकर्मीले गरेका छन्। माथाभांगाका अतिरिक्त पुलिस अधीक्षक अमित वर्माले शीतलकुचीमा बीएसएफ जवानले आत्महत्या गरेको बताए, शव पोस्टमार्टमको लागि कुचबिहार पठाइएको छ। पुलिसले सम्पूर्ण घटनाको अनुसन्धान सुरु गरेको छ।