कोलकाता: मुख्यमन्त्री ममता ब्यानर्जीले दुई दिनअघि आवश्यक परे राजभवन अगाडि धरना दिने बताएकी थिइन्। यसको जवाफमा बिहीबार राज्यपालले मुख्यमन्त्री र राज्य उच्च शिक्षा विभागलाई सीधा चुनौती दिए। राज्यपालले मुख्यमन्त्री ममता ब्यानर्जीलाई राजभवन भित्रको कुनै पनि विरोध प्रदर्शनमा भाग लिन ‘सम्माननीय अतिथि’ को रूपमा आमन्त्रित गरे। राज्यपालले सम्मानित संवैधानिक सहकर्मी मुख्यमन्त्रीलाई राजभवन भित्र आएर विरोध गर्न आग्रह गर्ने बताए। मंगलबार शिक्षक दिवसको कार्यक्रममा मुख्यमन्त्री ममता ब्यानर्जीले भनेकी थिइन्, ‘यदि (राज्य सरकारको) अधिकार खोसेर संघीयतामा हस्तक्षेप भयो भने म राजभवन बाहिर धरनामा बस्न बाध्य हुनेछु। अन्याय हुन दिदैनौं। कसरी लड्नु पर्छ बंगाललाई थाहा छl’ उल्लेखनीय छ, उपकुलपतिको नियुक्तिलाई लिएर शिक्षा विभाग र राजभवनमा विवाद छ। शिक्षा विभाग र राजभवन उपकुलपति नियुक्तिलाई लिएर मौन बसेका छन्।