बन्दुकले आफैलाई गोली ठोकेर आत्महत्या गर्यो बीएसएफ-का जवानले

00-1-Chhetriya-Samachar

कुचबिहार: आफ्नै बन्दुकले गोली ठोकेर एकजना बीएसएफका जवानले आत्महत्या गरेको घटना प्रकाशमा आएको छ। यो घटना आज बिहान भारत-बङ्ग्लादेश सिमानाको कुचबिहार जिल्ला अन्तर्गत शीतलकुची ब्लकको गादोपोता गाउँमा घटेको हो। मृतक जवानको नाम एनएम स्वामी बताइएको छ। तिनी आन्ध्रप्रदेशका निवासी थिए। बीएसएफ सूत्रले दिएको जानकारी अनुसार आज बिहान उक्त जवानले आफूसित भएको बन्दुकले छातीमा गोली ठोकेर आत्महत्या गरेको बताइएको छ। घटनापछि सहकर्मीहरूले तिनलाई उद्धार गरेर तत्कालै शीतलकुची ब्लक प्राथमिक स्वास्थ्य केन्द्रमा लगे तापनि त्यहाँका चिकित्सकहरूले तिनलाई मृत घोषणा गरिदिए। पारिवारिक अशान्तिले गर्दा उक्त जवानले यस प्रकारको पाइला चालेको सहकर्मीहरूले आशंका व्यक्त गरेका छन्। पुलिस सूत्रले दिएको जानकारी अनुसार बीएसएफ जवानको शव उद्धार गरेर पोस्टमार्टमको लागि कुचबिहार पठाउनको साथै घटनाको जाँच शुरू गरेको छ।

Print Friendly, PDF & Email

About Author

Advertisement

MORE STORIES

Leave a Reply

Your email address will not be published. Required fields are marked *