नेपाली संगीत संसारमा उदाएकी गायिका जुनु गौतम

Junu-Gautam

सिलगढी: मणिपुरमा जन्मेकी र गाउन आफ्नै स्कूलबाट शुरु गरेकी गायिका आज भने अन्तर्राष्ट्रिय स्तरमा गाउन सफल भएकी छिन्। घर सिलगढी भए पनि नेपालमा पछिल्लो समय निकै व्यस्थताका साथ धेरै गीतहरुमा आफ्नो स्वर दिइसकेकी छिन्। मणिपुरबाट सिलगढी आएपछिको उनको सांगीतिक यात्रा निक्कै रोमान्चक छ। झमक घिमिरेको जीवनी ‘जीवन काडाँ कि फूल’ उपन्यासबाट  बनेको चलचित्रबाट आफ्नो गायन शुरु गरेकी गायिका यसपछि पछाडी फर्केर हेर्न भ्याएकी छैनन्l उनी धेरै नै व्यस्त र प्रगतिशील नेपाली संगीतको संसारमा अघि बढिरहेकी छन्। आजसम्म १०० भन्दा बढी नेपाली गीत गाइसकेकी छिन् भने यसमा एल्बम गीताञ्जली, मनको लिलामी, अजम्बरी, अर्को जन्म होला न होला, मेरो मनको मान्छे, म मकिएको धुरी खाँबो भने निक्कै सफल गीति एल्बमभित्र पर्छन्, जुनुले अन्य भाषामा पनि गीत गाएकी छिन्। उनले गीत गाउनु मात्रै होइन आफ्ना गीति एल्बमहरुमा कुशल अभिनय पनि गरेकी छिन्। संगीत साधनामा आफूलाई मार्ग दर्शन गर्ने गुरुमा शकुन्तला शर्मा र गुरुमा बर्नाली बसुलाई भने आफ्नो प्रेरणा मान्दै अघि बढीरहेको बताउँछिन्।

उनले गाएकी गीत ‘मैले क लेख्न जाने’बाट भने धेरै प्रशंसा प्राप्त भयो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement